राजस्व छलेर ल्याइएको १३ लाख रुपैयाँ बराबरको सुर्ती बरामद
लकडाउनको समयमा वीरेन्द्रनगरमा राजस्व छली तथा अवैध कारोबारका घटना बढेका छन् ।
मंगलबार मात्र ठूलो परिमाणमा अवैध रुपमा भित्र्याइएको सुर्ती प्रहरीले बरामद गरेको छ । आन्तरिक राजस्व कार्यालयको स्टीकर नटाँसिएको झण्डै १३ लाख ६६ हजार रुपैयाँ बराबरको अवैध सुर्तीजन्य पदार्थ प्रहरीले बरामद गरेको हो ।
बुटवलको न्यू पश्चिमाञ्चल टेडर्सबाट कर छली गरी महादेव स्टोर सुर्खेतले लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा सुब्बाकुना प्रहरीको टोलीले नियमित चेकजाँच गर्ने क्रममा उक्त अवैध सुर्ती बरामद गरेको हो । ना४ख ७६५३ नम्बरको ट्रकमा ल्याउँदै गरेको अवस्थामा सुर्ती फेला परेको प्रहरीको भनाइ छ ।
बरामद २६ सय पोका अवैध सुर्तीजन्य पदार्थ र गाडीलाई आवश्यक कारबाहीका लागि राजस्व कार्यालयमा पठाउने प्रहरीको भनाइ छ ।
केहीदिन अघि पनि कर छली गरेर ल्याइएको २५ बोरा सुर्तीसहितको गाडी प्रहरीले नियन्त्रणमा लिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्यान्डविरुद्ध मेस्सीले जे गरे, यही कारण उनी फुटबलका बादशाह हुन्
-
पर्याप्त वर्षा भएपछि रोपाइँ तीव्र
-
डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान
-
सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण