काठमाडौंको क्षेत्रपाटीबाट ६ सय २० लिटर सेनिटाइजर र अक्सिमिटर बरामद
बिहीबार, २३ वैशाख २०७८, १७ : २०

काठमाडौंको क्षेत्रपाटीबाट प्रहरीले मापदण्ड विपरितका ६ सय २० लिटर सेनिटाइजर र ८ वटा अक्सिमिटर बरामद गरेको छ । सेनिटाइजर र अक्सिमिटर कारोबारमा संलग्न एकजनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा सिरहाको लहान घर भए हाल क्षेत्रपाटीमा बीबीआर इन्टरप्राइजेज सञ्चालन गरी बस्ने भगवान राय राजपुत रहेका छन्।
कोरोना महामारी तिब्र बढेको बेला अक्सिमिटर अक्सिजनको लेबल नाप्न प्रयोग गरिन्छ । उनले ७०० मूल्य पर्ने अक्सिमिटरलाई ३ हजारमा बेच्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनओसी नलिइ अध्ययनका लागि भारत जाने विद्यार्थीको यकिन तथ्याङ्क छैन : शिक्षामन्त्री
-
व्यवस्थाविरूद्ध हुने गतिविधिको प्रतिवाद गर्ने सरकारको नीतिप्रति राप्रपाको आपत्ति
-
चीनको खिलाफमा नेपालको भूमि प्रयोग गर्न दिनुहुँदैन : सभापति देउवा
-
शहिद लखन गाउँपालिकाले दियाे उत्कृष्ट वडालाई ५ लाख पुरस्कार
-
सङ्घीयता सुदृढीकरणका लागि अन्तर प्रदेश सहकार्य आवश्यक छ : मुख्यमन्त्री आचार्य
-
न्याय परिषद् नियमावली संशोधनविरूद्ध सर्वोच्चमा रिट