कोभिड बिरामीको उपचारका लागि अजयले खोले निशुल्क आइसोलेसन सेन्टर
एजेन्सी । बलिउड अभिनेता अजय देवगण र आनन्द पण्डितले मिलेर मुम्बईका केही स्थानमा कोभिड केयर सेन्टर खोलेका छन् । जहाँ, बिरामीहरुले निःशुल्क सेवा पाउनेछन् । यसमा आइसियु, अक्सिजनदेखि लिएर भेन्टिलेटर सम्मको सुविधा छ । पछिल्लो साता अजयले दादरस्थित एक पार्टी प्यालेसलाई कोभिड केयर केन्द्र बनाएका थिए । यस केन्द्रमा २० बेड, अक्सिजन, आइसियु र भेन्टिलेटरको सुविधा उपलब्ध छ ।
यसै कामसँगै अजयको निकै प्रशंसा भइरहेको छ । अजयले नै अघि सारेको यस योजनामा पण्डितले साथ दिएका हुन् । अब यी दुई जनाले मिलेर भारतका अन्य स्थानमा पनि यस्तै सेवा बिस्तार गर्नेबारे सोचका छन् । ‘आज चिकित्सा क्षेत्रमा निकै ठूलो दबाब छ । यो दबाब खटोस् र बिरामीले पनि उपचार पाउन सकुन् भनेर हामीले यस्तो काम गरेका हौं’ आनन्द पण्डितले भने ।
मुम्बईमा तीनवटा कोभिड केयर सेन्टर खोल्ने योजना रहेको आनन्दले बताए । ‘बोरावली सेन्टरमा झन्डै २५ बेड हुनेछ, यसको काम अहिले चलिरहेको छ । मुम्बईका अलग–अलग हिस्सामा ७५ वटा शैयाको व्यवस्था गर्ने योजना छ,’ आनन्दले भने, ‘हामीले धेरै अस्पतालहरूका डाक्टर र विज्ञहरुसँग सहायता लिइरहेका छौं । बिरामीको उपचारको सम्पूर्ण खर्च हामी नै व्यहोर्नेछौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन्दीपको मुद्दामा बहस : दुवै पक्षले देखाएका प्रमाणले हैरानमा इजलास
-
नेविसंघको प्रदर्शन : गुड मर्निङ केपी बा, चिया खानु भो ? (तस्बिरमा हेर्नुस् )
-
सुदूरपश्चिम सरकारको गुरिल्ला ट्रेल बनाउनेसहितको योजना बजेटमै सीमित
-
अपाङ्गता भएका व्यक्तिहरूको भृकुटीमण्डप क्षेत्रमा प्रदर्शन, सवारी आवागमन प्रभावित (तस्बिरहरू)
-
मलामी जाँदा घाइते भएकाहरूको पशुपति चौंलागाईं अस्पतालमा उपचार हुँदै
-
कर्णाली : २९ दिनमा १ अर्ब ४१ करोड भन्दा बढी बजेट खर्च