दिल्लीमा लकडाउन एक हप्ता थप
दिल्लीमा कोरोनाको गती रोकिने छाँटकाँट देखिएकाे छैन । यहाँ लकडाउन थप एक हप्ता बढाइएको छ । मुख्यमन्त्री अरविन्द केजरीवालले आइतबार पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएका हुन् । उनले दिल्लीमा १० मे मा समाप्त हुने भनिएको लकडाउन १७ मे बिहानसम्म थपिएको जानकारी दिए । केजरीवालले यसपटक लकडाउन थप कडा हुने बताएका छन् । दिल्लीमा सोमबारदेखि रेल सेवा पनि बन्द गरिनेछ ।
केजरीवालले दिल्लीमा लकडाउनको राम्रो असर देख्न पाइएको बताएका छन् । २६ अप्रिलपछि नयाँ संक्रमितमा क्रमशः कम हुन थालेको छ र पछिल्लो तीन दिनमा संक्रमणको दर ३५ प्रतिशतबाट घटेर २३ प्रतिशतमा झरेको छ । उनले लकडाउनको प्रयोग स्वास्थ्य संरचना र संसाधनलाई बलियो बनाउनका लागि गरिने जानकारी दिए ।
केजरीवालले सबैभन्दा ठूलो समस्या दिल्लीमा अक्सिजनको देखिएको छ । साधारण दिनमा अस्पतालमा अक्सिजनको जति आवश्यकता पर्छ, त्योभन्दा थुप्रै गुणा बढी अक्सिजनको आवश्यकता पर्न थालेको छ । किनभने अस्पताल आइरहेका सबै बिरामीलाई अक्सिजनको आवश्यकता परिरहेको उनले बताए । उनका अनुसार पछिल्लो थुप्रै दिनदेखि हाइकोर्ट र सर्वोच्च अदालतको आदेशबाट र केन्द्र सरकारको सहयोगले दिल्लीमा अब अक्सिजनको स्थितिमा निकै सुधार आएको छ ।
यसपटक के कस्ता प्रतिबन्ध हुनेछन् ?
दिल्लीमा सोमबारदेखि रेल चल्ने छैन । यसबाहेक कुनै पनि विवाह हल, ब्याङ्क्वेट हल वा होटलमा विवाह हुने छैन । विवाह गर्न प्रतिबन्ध छैन तर विवाह घर वा अदालतमा मात्रै हुनसक्छ । हालसम्म विवाहमा ५० जना समावेश हुन अनुमति थियो तर अब २० जनाभन्दा बढी जम्मा हुन सक्दैनन् । विवाहमा डिजे, टेन्ट वा केटरिङको पनि अनुमति हुने छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण