समता लघुवित्त र रुरुको सेयर मूल्य सर्किट लेभलमा बढ्यो
काठमाडौं । आइतबार (बैशाख २६) नेप्से सूचक १८.५६ अंकले घटेर २६१८.५६ विन्दुमा अडिएको छ । २ सय १९ कम्पनीको १ करोड २७ लाख २८ हजारभन्दा बढी कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब १४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कारोबारमा आएका सबै समूहको सूचक घटेको छ । २ कम्पनीको भाउ सर्किट लाग्ने गरी वृद्धि भएको छ । समता घरेलु लघुवित्त वित्तिय संस्था र रुरु जलविद्युत परियोजनाको सेयर मूल्य सबैभन्दा बढेको छ । समताको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर ८ सय ४ रुपैयाँ प्रतिकित्ता कायम भएको छ ।
यता भर्खरै मात्र दोस्रो बजारमा प्रवेश गरेको रुरु जलविद्युत परियोजनाको सेयर मूल्य ९.८२ प्रतिशतले बढेर ५ सय ४८ रुपैयाँ पुगेको छ । खरिद बिक्री रकममा २८ करोड ८६ लाख रुपैयाँभन्दा बढीसहित एनसीसी बैंक अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रोमा कुमारी बैंक र तेस्रोमा हिमालयन डिस्टिलरी परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण