कोभिडविरुद्धको लडाइँमा ध्यान केन्द्रीत गर्न नसकिएको ओलीको स्वीकार
सोमबार, २७ वैशाख २०७८, १४ : ०६
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आफ्नो ध्यान कोभिडविरुद्धको लडाइँमा केन्द्रीत गर्न चाहेपनि बाध्यताबस नसकेको स्वीकार गरेका छन् । ‘सरकार आफ्नो ध्यान कोभिड विरुद्धको लडाइँमा केन्द्रीत गर्न चाह्यो । विकास र समृद्धिमा गर्न चाह्यो । तर सरकारले अनेक अप्ठ्याराको सामना गर्नुपर्यो’, सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिनका लागि आफ्नो प्रस्ताव पेश गर्ने क्रममा बोल्दै ओलीले भने ।
उनले जनताको जीवन रक्षा पहिलो सर्त भएको भन्दै कसैले महामारीको मौकामा फाइदा उठाउँदै भ्रष्टाचार गर्न खोज्न भने त्यसलाई कारबाहीको दायरामा ल्याइने बताए । उनले विपक्षीले आफ्नो बदनामका लागि किर्ते काममा समेत लागेको भन्दै आक्रोश पोखे । भारतीय गुप्तचर एजेन्सी रअका प्रमुख सामन्त गोयलसँग आफ्नो गोप्य सम्झौता भएको भन्दै किर्ते दस्ताबेज बाहिर ल्याउने काम भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोल्डेन बुटको होडमा त्रिपक्षीय भिडन्त: मेसी, एम्बाप्पे र हालान्डबिच कडा प्रतिस्पर्धा
-
मेक्सिकोविरुद्ध इङ्ल्यान्डलाई उचाइको चुनौती
-
ब्राजिललाई स्तब्ध पार्दै नर्वे पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा
-
७९ औँ मिनेटमा हालान्डको गोल, नर्वेविरुद्ध ब्राजिल १–० ले पछि
-
ब्राजिल र नर्वेको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
नर्वेविरुद्ध ब्राजिलले गुमायो सुनौलो अवसर, ब्रुनो गिमारेसद्वारा पेनाल्टी मिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण