नयाँ सरकार गठनका लागि प्रक्रिया अगाडि बढाउन देउवाको आह्वान (सम्बोधनको पूर्णपाठ)
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीले राखेको विश्वासको मतको प्रस्तावको विपक्षमा पार्टीले मतदान गर्ने जानकारी गराएका छन् । संसदलाई सोमबार सम्बोधन गर्दै उनले प्रतिनिधिसभामा उपस्थित सबै राजनीतिक दल र माननीयहरूलाई प्रमुख प्रतिपक्षी दलका नेताका हैसियतले प्रधानमन्त्रीले राखेको विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्न पनि आह्वान गरे ।
लिखित मन्तव्यका क्रममा उनले ओलीले नेपालको संविधानको धारा १०० को उपधारा (१) बमोजिम विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष राखेको प्रस्ताव पारित नहुने भएको हुँदा नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम अर्को सरकार गठनका लागि प्रक्रिया अगाडि बढाउन समेत गरेका छन् ।
सम्बोधनका क्रममा देउवाले प्रधानमन्त्री केपी ओलीलाई विगतमा आफूले गरेका बाचा र एजेण्डा पनि सम्झाएका छन् । उनले ओलीले पुरानो बाचा भुलेको बरु भ्रष्टाचार मौलाएको आरोप लगाए । उनले आम जनताले सरकारको अनुभूति गर्न नसकेको बताए ।
देउवाले भने, ‘म प्रधानमन्त्रीलाई सोध्न चाहन्छु, तपाईँले चुनावमा गरेका बाचा र पछि पटक पटक गरेका भाषण सम्झना छ, रेल, पानी जहाज, घरघरमा ग्यासको पाइप, कोही भोकै बस्नुपर्दैन कोही भोकले मर्दैनन्, सडक बालक हुनेछैनन्, कसैले रोजगारीका लागि बाहिर जानुपर्दैन भन्ने युक्ति कहाँ गए ?’
उनले ओलीलाई विश्वासको मत लिनुपर्ने अवस्था कसरी आयो भन्ने भन्दै प्रश्न पनि गरे । यो अवस्था ओलीले नै सिर्जना गरेको राजनीतिक दम्भ, कुशासन र भ्रष्टाचारकै कारण आएको उनको जिकिर छ ।
सम्बोधनको पूर्णपाठ :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीका समस्याग्रस्त ५ सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न निर्देशन
-
‘कोठा नम्बर १३’ अर्थात् यातना गृह र अभिषेक गिरीले चलाएको ‘यमराजको शासन’
-
बागमतीको बजेट सन्तुलित र यथार्थपरक छ : मन्त्री तामाङ
-
यात्रुलाई दुःख–हैरानी दिएको आरोपमा २३ जना पक्राउ, प्रहरीलाई समेत गरेका थिए अभद्र व्यवहार
-
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडामा कटौती
-
‘पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण