कर्णालीका नवनियुक्त मन्त्रीहरुको सपथ भोलि
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । मुख्यमन्त्री शाहीले बुधबार तीन नयाँ अनुहारलाई मन्त्री नियुक्त गरेका हुन् । मन्त्री बन्नेमा रुकुम पश्चिमका गोपाल शर्मा (आर्थिक मामिला तथा योजनामन्त्री) सुर्खेतका विन्दमान विष्ट (आन्तरिक मामिला तथा कानुनमन्त्री) बनेका छन् । यस्तै माओवादी केन्द्रकी समानुपातिक सांसद तथा प्रमुख सचेतक सीता नेपाली पनि मन्त्री बनेकी छिन् । उनी जलस्रोत मन्त्री बनेकी छिन् । नवनियुक्त मन्त्रीहरुको सपथ बिहीबार विहान ११ बजे तय गरिएको छ ।
यस्तो छ पुनर्गठित मन्त्रिपरिषदको कार्यविभाजन:
१.महेन्द्रबहादुर शाही, मुख्यमन्त्री – मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र सामाजिक विकास मन्त्रालय
२.नन्दसिंह बुढा, मन्त्री – उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
३.अमरबहादुर थापा, मन्त्री – भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय
४.कुर्मराज शाही, मन्त्री – भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
५.विन्दमान विष्ट, मन्त्री – आन्तरिक मामिला, कानुन, यूवा तथा खेलकुद मन्त्रालय
६.सीता कुमारी नेपाली, मन्त्री – जलस्रोत तथा उर्जा विकास मन्त्रालय
७.गोपाल शर्मा, मन्त्री – आर्थिक मामिला तथा योजना मन्त्रालय
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण