आफ्नो उपचारमा खटिने डाक्टर र नर्सलाई पूर्व राजाले दिए धन्यवाद
काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले आफूहरुको उपचारमा खटिने स्वास्थ्यकर्मीप्रति आभार व्यक्त गरेका छन् । पूर्वराजा शाहले एक ट्वीट गर्दै कोरोनाको वैश्विक महामारीका कारण आफूहरु नर्भिक अस्पतालमा रहँदा हरदम सेवामा जुट्ने डाक्टर, नर्स तथा हमेसा मनोवल उच्च राख्न हौसला दिने अन्य सहयोगी व्यक्ति र देशविदेशमा रहेका शुभ चिन्तकप्रति आभार प्रकट गरेका हुन् ।
थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा १९ दिन लामो उपचारपछि कोरोना संक्रमणमुक्त भई राजा ज्ञानेन्द्र बैशाख २९ गते राति ८ बजे डिस्चार्ज भएका थिए । त्यसको दुई दिनपछि अर्थात बैशाख ३१ गते पूर्व महारानी कोमल शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाह डिस्चार्ज भएका थिए ।
यसैगरी, पूर्व राजपरिवारका सदस्यहरु स्वस्थ भई डिस्चार्ज भइसकेपछि नर्भिक अस्पतालका अध्यक्ष वसन्त चौधरीले पनि एक ट्वीट गर्दै खुशी व्यक्त गरेका छन् । उनले पूर्व राजा तथा राजपरिवारका सदस्यहरुको सुस्वास्थ्य र दीर्घ जीवनको समेत कामना गरेका छन् । पूर्व राजा शाह, पूर्व रानी कोमल शाह र अधिराजकुमारी प्रेरणा शाह कोरोना संक्रमण भई नर्भिकमा भर्ना भएका थिए ।
पूर्वराजा र अधिराजकुमारीको सामान्य अवस्थामै उपचारलाई जारी राखिएको थियो भने पूर्व रानीको अवस्था भने निकै जटिल बनेको थियो । उनलाई हाइ फ्लो अक्सिजनको सपोर्टसहित केही दिन आइसियूमा राख्नुपरेको थियो ।
कोरोना संक्रमणका लागि प्लाज्मा थेरापी विधिबाट समेत उपचार गरिएको थियो । लगातार उपचार र नर्भिकको स्तरीय स्वास्थ्य सेवाका कारण उनको स्वास्थ्यमा सुधार भएको थियो । आइसियूमा राखेको केही दिनमै पूर्वरानीको अवस्था सुधार भएपछि वार्डमा सारिएको थियो । वार्डमा सारिएको केही दिनमै उनलाई शुक्रबार डिस्चार्ज गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकता भएको ७ महिनामा पनि नेकपाको केन्द्रीय कार्य समितिले पाएन पूर्णता
-
नयाँ बजेटले गाडीको मूल्य बढाउने नाडाको निष्कर्ष
-
भेपमा लुकाएर सुन तस्करी प्रकरण : नायब सुब्बा खड्कालाई थुनामा पठाउने आदेश
-
अखिलमा पुनर्गठनको बहस चलाउनुपर्ने आचार्यको जोड
-
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, विदेश मन्त्रालयका अतिरिक्त सचिवद्वारा स्वागत
-
स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार संरक्षण गर्न मानव अधिकार आयोगको सरकारलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण