रोम जलिरहेछ
–भूपाल तिम्सिना
तिमीसँग सत्ता छ शक्ति छ
त्योभन्दा धेरै त घमण्ड र उन्माद छ
मसँग त मात्र आवाज छ
त्यो पनि कामिरहेको छ ।
तिम्रो सत्ताले मलाई बोल्न डराउने बनाएको छ
मजस्ता हजारौँ फरक मत राख्नेलाई झम्टेको छ
भिन्न भिन्न स्वरूपमा, र त मेरो आवाज दबेको छ
आक्रोश र वेदनाले भरिएको छ ।
तिम्रो कुर्सीको कचिङ्गल चलिरहेको छ
तानातान भइरहेकै छ
बाहिर महामारीले देश आक्रान्त हुँदा
रोम जलिरहेको छ
निरो बासुरी बजाइरहेकै छ ।
जीवन मरणको दोसाँधमा
हजारौँ जन अक्सिजन नपाएर छटपटी रहँदा
गोजी भर्न उदत्त जन, तिम्रै कुर्सी वरिपरि घुमेका छन्
तिमी देख्दैनौ या नदेखेझैँ गर्छाै
तिमीहरूको यस्तै चरित्र देखेर
इतिहासका पन्नाहरू हासिरहेको छ
बाहिर महामारीको डढेलो फैलँदा
रोम जलिरहेको छ
निरो बाँसुरी बजाइरहेकै छ ।
लेख्न त प्रेमका सौन्दर्यका कविता लेखुँ भन्छु
तर यो आहत र कोलाहलले मन गिजोलिएको छ
पीडा रोदन र आक्रोश मात्र लेक्न थालेको छ यो कलमले
तिमीहरूका आपसका झगडाहरूले
कुर्सीको तानातानले
गुट र गुट अनि दल र दलको झगडाले
देश थलिएको छ
यही पीडाले मन आहत भएको छ
पीडाहरू मसीसँग बगिरहेको छ
तिमीलाई त्यसको परवाह नै छैन
रोम जलिरहेको छ
निरो बाँसुरी बजाइरहेकै छ ।
तिमीहरूकै स्वार्थका लागि विभक्त भएको लाचार जमात छ
जसले तिमीलाई तिम्रा खराब हर्कतबारे प्रश्न गर्दैन,
मात्र हौस्याई रहन्छ
यो संस्कारले बनाउन खोजेको देश
मेरो देशभन्दा फरक हो
सामाजिक सद्भाव र आपसी भाइचाराको
हिजोको समाजभन्दा फरक हो
र त मनमा आहत छ
आहतसँगै तिमीप्रति आक्रोश छ
महामारी मिलेर जित्ने बेलामा
तिम्रै फोहोरी राजनीतिको दर्शक बन्नुप‍¥या छ
रोम जलिरहेकै छ
निरो बासुरी बजाइरहेकै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१८ औं इन्डो–नेपाल खुला कराते: एकल कातामा सुलभ र अंकितालाई स्वर्ण
-
सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरण छानबिन गर्न समिति गठन
-
रास्वपाद्वारा लुम्बिनीका ९१ स्थानीय तहमा अधिवेशन सम्पन्न, जिल्ला अधिवेशनको पनि तीव्र तयारी
-
नयाँ दल बनाउन कस्सिए धवलशमशेर र दुर्गा प्रसाईँ, राप्रपालाई धक्का !
-
प्लास्टिक प्रदूषण न्यूनीकरण गर्न आ–आफ्नो बानी बदलौँ
-
कारखानाभित्र पसेको भालु झ्याल खोलेर फरार, जापानी अधिकारीहरू चकित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण