रहेनन् हलिउड अभिनेता पल मुनी
एजेन्सी । हलिउड अभिनेता, कमेडियन तथा लेखक पल मुनीको निधन भएको छ । ७९ वर्षका मुनीको क्यालिफोर्नियामा हृदयघातको कारण निधन भएको हो । मुनीका एजेन्ट हेलेन शोले उनको निधनको पुष्टि गरेका छन् । ‘सानदार अभिनेता तथा प्रतिभाशाली कमेडियनको हृदयघातको कारण निधन भएको छ’ हेलेन शोले भनेको छ ।
मुनीका परिवारले पनि ट्वीट मार्फत मृत्युको पुष्टि गरेका छन् । मुनीले सुरुमा क्यालिफोर्नियाको ओकल्याण्डमा सर्कसको रिंगमास्टरको कमेडियनको रुपमा आफ्नो व्यवसायिक करियर सुरु गरेका थिए । पछि कमेडीको अलवा लेखनको काम पनि सुरु गरेका थिए ।
नस्लवाद र आमेरिकी जीवनको विषयमा गरेको तिखो विचारका कारण मुनीलाई स्ट्यान्ड अफ कमेडीमा एक सम्मानित व्यक्तित्वको रुपमा उभ्याएको थियो । ‘रिचर्ड प्रायर : लाइव अन द सनसेट स्ट्रिप’ र ‘द रिचर्ड प्रायर शो’ सबैभन्दा बढी कमेडीमा हिट हुनुको पछाडिको कारण लेखक मुनी नै मानिन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक हजार ४२ जनामा डेंगु सङ्क्रमण पुष्टि, दुई जनाको मृत्यु
-
१० खेलाडीमा सीमित अमेरिका अन्तिम १६ मा
-
खुर्सानीखेतीमा होमिएका नवीन: वार्षिक २३ लाखको कारोबार, युवाहरूका लागि प्रेरणा
-
बालेन सरकारको ‘जान्नेलाई छान्ने’ तरिका गजबको रहेछ: शंकर पोखरेल
-
२ महिनाको रस्साकस्सीपछि चिया निर्यात निर्वाध
-
संगठनात्मक पुनर्संरचना गर्दै स्वास्थ्य मन्त्रालय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण