प्रधानमन्त्रीको कदमले संसदीय व्यवस्थाको धज्जी उडायो : उपेन्द्र यादव
राष्ट्रिय जनता पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपतिबाट विहीबार साँझ गरिएको सरकार गठनको २३ घण्टे आव्हानलाई राष्ट्रपतिले भन्दा पनि प्रधानमन्त्रीले चालेको कदमका रुपमा व्याख्या गरे । प्रधानमन्त्रीको यो कदमले संविधान र संसदीय व्यवस्थाको धज्जी उडाएको उनले बताए ।
‘राष्ट्रपतिको आह्वान त त्यो प्रधानमन्त्रीले गरेको हो । प्रधानमन्त्रीको यो कदम संविधानको मूल मर्म र भावना विपरीत छ’ अध्यक्ष यादवले रातोपाटीसँग भने,‘यसले लोकतान्त्रिक प्रणाली र संसदीय व्यवस्था व्यवस्थालाई धज्जी उडाएको छ ।’
अध्यक्ष यादवले अगाडि भने, ‘काम गराइको तौरतरिका हेर्दा यो संविधानको भावनासँग मेल खाँदैन । अन्ततोगत्वा संघीय गणतन्त्रसहितको संविधानलाई नै समाप्त पार्ने हो कि भन्ने आशंका यसबाट उत्पन्न भएको छ ।’
यसबारे शुक्रबार आफ्नो पार्टीका नेता र अन्य पार्टीहरूसँग छलफल चलाएर अगाडि बढ्ने अध्यक्ष यादवले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण