हेटौंडा अस्पतालमा ३ जना कोरोना संक्रमितको मृत्यु
हेटौंडा अस्पतालमा उपचारका क्रममा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षको आइसियुमा उपचाररत तीन जना पुरुषको संक्रमणका कारण मृत्यु भएको अस्पतालका कोभिड फोकल इन्चार्ज डा.सागर काफ्लेले जानकारी दिए ।
उनका अनुसार, मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–६ का ७४ वर्षीय पुरुषको बिहीबार राति ११ः४५ बजे मृत्यु भएको हो भने हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ का ६० बर्षीय पुरुषको शुक्रबार विहान ७ः३० बजे र रौतहट चन्द्रपुर नगरपालिका वडा नम्बर–१ का ४६ बर्षीय पुरुषको शुक्रबार विहान ९ः३० बजे मृत्यु भएको हो ।
मृतकहरुमा गत बैशाख २६ गते यता कोरोना पुष्टि भएको थियो । संक्रमण पुष्टि भएका उनीहरुको स्वास्थ्यमा स्वासप्रश्वास सम्बन्धी समस्या आएपछि उपचारका लागि हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षमा भर्ना भएका थिए ।
योसँगै हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु हुने संक्रमितको संख्या ३८ जना पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण