हिरोबाट जिरो : पद्मश्री विजेता पहलमान अब भगौडा अपराधी
तीनपटक राष्ट्रियमण्डल खेलमा स्वर्ण पदक, दुई पटक ओलम्पिक पदक जित्ने भारतका एक्लो पहलमान, देशको सबैभन्दा ठूलो खेल सम्मान राजीव गान्धी खेल रत्न अवार्ड तथा पद्मश्रीबाट सम्मानित सुशील कुमारको नामको अगाडि अब भगौडा पनि लेखिएको छ । उनीमाथि जुनियर नेशनल कुस्ती च्याम्पियन सागर धनखडको हत्या गरेको गम्भीर आरोप लागेको छ । घटनापछि उनी फरार रहेका छन् ।
प्रहरीले उनलाई भगौडा घोषित गर्दै उनको पक्रनेलाई १ लाख रुपैयाँको इनाम पनि घोषणा गरेको छ । तर, उनी यसरी विवादमा परेको यो पहिलो अवसर भने होइन । उनीमाथि यसअघि पनि गम्भीर आरोपहरु लागेको थियो । सुशील कुमारको सम्बन्ध ग्यांगस्टरहरुसँग रहेको सूचना पनि छ । जसबारे प्रहरीले जाँच गरिरहेको छ ।
सागरको हत्या मामिलामा प्रहरीले सुशीलमाथि भारतीय दण्ड संहिता (आईपीसी) को धारा ३०२ (हत्या), ३६५ (अपहरण) र १२० बी (आपराधिक षडयन्त्र) को आरोप लगाएको छ ।
यसअघि इन्दिरा गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा ट्रायलको दौरान पहलमान प्रवीण रानालाई पिटेको मामिला बाहिर आएको थियो । यसबारे प्रहरीमा उजुरी परे पनि उनलाई पक्राउ गरिएको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले भन्यो- सरकारले विष्णु पौडेललाई अपहरणको शैलीमा गिरफ्तार गर्यो, यो प्रतिशोधको पराकाष्ठा हो
-
८ किलोमिटर बाटो नबनेपछि गण्डकी प्रदेशबाटै छुट्टिने निर्णयमा पुगे त्रिवेणीवासी
-
बाहुनडाँगीमा हात्ती नियन्त्रण गर्न ‘टास्कफोर्स’ परिचालन
-
साढे १३ लाखभन्दा बढी पुगे व्यावसायिक फर्म, सात वर्षमा सवा ४ लाख थपिए
-
रास्वपा महाधिवेशन: प्रतिनिधि कार्ड वितरणमा ढिलाइ भएपछि बन्द सत्र स्थगित
-
इजरायल केयरगिभर भाषा परीक्षा विवादमा, आन्दोलन गर्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण