बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

संविधान विरोधी तानाशाही कदमको प्रतिवाद गरौं : झलनाथ खनाल

शनिबार, ०८ जेठ २०७८, १२ : ४९
शनिबार, ०८ जेठ २०७८

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचन घोषणा संविधान विरोधी काम भएको बताएका छन् । शनिबार खनालले आफ्ना विचार सार्वजनिक गर्दै राष्ट्रपति र प्रधानमन्त्रीबाट राज्यलाई असफल पारेर राष्ट्रिय स्वाधीनता र संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने खालको षड्यन्त्र भएको उल्लेख गरेका छन् । उनीहरुको सो कदम  कदापि क्षम्य नहुने उनको भनाई छ । साथै सो कदमको  घोर भर्त्सना गर्दै त्यसको प्रतिवाद गर्न खनालले आग्रह गरेका छन् । 

नेता खनालले भनेका छन्– ‘राष्ट्रपति र प्रधानमन्त्रीबाट राज्यलाई असफल पारेर राष्ट्रिय स्वाधीनता र संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने खालको षड्यन्त्र भएको छ । यो कदम  कदापि क्षम्य हुने छैन । यो संविधान विरोधी, प्रतिगामी तानाशाही कदम हो । यस कदमको म  घोर भर्त्सना गर्दछु र प्रतिवादका लागि  सबै देशभक्त, संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरहरुलाई एकजुट हुन आह्वान गर्दछु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप