बाँकेमा थप ८ कोरोना सङ्क्रमितको मृत्यु
बाँकेमा कोरोनाको उपचार हुँदै आएको भेरी अस्पताल र शिक्षण अस्पतालमा थप आठ सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा चार र शिक्षण अस्पताल कोहलपुरमा चार गरी आठ जनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोतव्यक्ति तेज वलीले बताए ।
उनका अनुसार मृत्यु हुनेमा कोहलपुर नगरपालिका–१० निवासी ४४ वर्षीया महिला, तुलसीपुर उपमहानगरपालिका–१० दाङ निवासी ५२ वर्षीय पुरुष, कोहलपुर–६ निवासी ५२ वर्षीया महिला, भीमदत्त नगरपालिका–२ कञ्चनपुरका ५४ वर्षीय पुरुष र जोशीपुर गाउँपालिका–१ कैलालीका ५० वर्षीय पुरुष रहेका छन् ।
यसैगरी नेपालगञ्ज उपमहानगरपालिका–६ निवासी ५० वर्षीय पुरुष, मधुवन नगरपालिका–७ बर्दिया निवासी ५७ वर्षीय पुरुष र लमही नगरपालिका–२ दाङ निवासी ६८ वर्षीया महिलाको पनि उपचारका क्रममा मृत्यु भएको छ । योसँगै बाँकेमा कोरोना भाइरस सङ्क्रमणका कारण उपचारका लागि जिल्ला बाहिरबाट आएका २२७ र जिल्लाकै २७२ जनाको मृत्य भइसकेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोतव्यक्ति वलीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण