नेपाली काँग्रेसका क्षेत्रीय सचिवको निधन
आइतबार, ०९ जेठ २०७८, १३ : ५७
नेपाली काँग्रेस क्षेत्र नं २ का क्षेत्रीय सचिव सुदर्शन ऐरको ५२ वर्षको उमेरमा कोरोना सङ्क्रमणका कारण गए राति निधन भएको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा उनको निधन भएको हो । गत वैशाख २८ गते पिसिआरको नतिजा पोजेटिभ आएपछि घरमै आइसोलेशनमा बस्दै आएका ऐरलाई तीन दिनअघि मात्रै स्वास्थ्यमा समस्या बढ्दै गएपछि अस्पताल भर्ना गरिएको थियो । शुक्लाफाँटा नगरपालिका–९ सिसैया स्थायी घर भएका ऐर परिवारसहित कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियामा बसोबास गर्दै आएका थिए ।
युवाबीच ऐर लोकप्रिय नेताका रुपमा स्थापित रहेका थिए । ऐरका श्रीमतीसहित एक छोरा र एक छोरी छन् । ऐरको निधन भएपछि सिङ्गो पार्टी जिल्ला समिति शोकमग्न भएको छ । नेपाली कांग्रेस शुक्लाफाँटाका नेता तेज शाहले उनको निधनले पूरै पार्टी स्तब्ध भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण