इजरायली प्रधानमन्त्री नेतन्याहुको निशानामा ईरान
एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ईरान विरुद्ध निशाना साँधेका छन् । इजरायलको गुप्तचर एजेन्सी मोसादको नवनियुक्त प्रमुखको घोषणा गर्दै इजरायली प्रधानमन्त्री नेतन्याहुले ईरानविरुद्ध आक्रोश पोखेका हुन् ।
मोसादको नेतृत्वमा ५६ वर्षीय डेभिड बर्निया आएका छन् । त्यसअघि सो संगठनको नेतृत्वमा योसी कोहेृन रहेका थिए । प्रधानमन्त्री नेतन्याहुले नवनियुक्त प्रमुख बर्नियाको काम ईरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्नु भएको बताए ।
उनले सोमबार ट्वीटरमार्फत भनेका छन्- ‘इजरायलले ईरानलाई आणविक हतियार प्राप्त गर्न रोक्नेछ । सम्झौता होस् वा नहोस् हामी इरानलाई आणविक हतियारहरू लिनबाट रोक्नेछौ, किनकि यो हाम्रो अस्तित्वको प्रश्न हो । यो हाम्रो पहिलो मिसन हो ।’ नेतन्याहुले अमेरिकाको भने खुलेर प्रशंसा गरे र धन्यवाद समेत दिए । बीबीसीका अनुसार प्रधानमन्त्री नेतन्याहुले अमेरिकालाई आफ्नो विशेष मित्रको रुपमा प्रशंसा गर्दै उ इजरायलको राष्ट्रिय सुरक्षाको एउटा हिस्सा भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण