शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

इजरायली प्रधानमन्त्री नेतन्याहुको निशानामा ईरान

मङ्गलबार, ११ जेठ २०७८, ०० : २७
मङ्गलबार, ११ जेठ २०७८

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ईरान विरुद्ध निशाना साँधेका छन् । इजरायलको गुप्तचर एजेन्सी मोसादको नवनियुक्त प्रमुखको घोषणा गर्दै इजरायली प्रधानमन्त्री नेतन्याहुले ईरानविरुद्ध आक्रोश पोखेका हुन् ।

मोसादको नेतृत्वमा ५६ वर्षीय डेभिड बर्निया आएका छन् । त्यसअघि सो संगठनको नेतृत्वमा योसी कोहेृन रहेका थिए । प्रधानमन्त्री नेतन्याहुले नवनियुक्त प्रमुख बर्नियाको काम ईरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्नु भएको बताए ।

उनले सोमबार ट्वीटरमार्फत भनेका छन्- ‘इजरायलले ईरानलाई आणविक हतियार प्राप्त गर्न रोक्नेछ । सम्झौता होस् वा नहोस् हामी इरानलाई आणविक हतियारहरू लिनबाट रोक्नेछौ, किनकि यो हाम्रो अस्तित्वको प्रश्न हो । यो हाम्रो पहिलो मिसन हो ।’ नेतन्याहुले अमेरिकाको भने खुलेर प्रशंसा गरे र धन्यवाद समेत दिए । बीबीसीका अनुसार  प्रधानमन्त्री नेतन्याहुले अमेरिकालाई आफ्नो विशेष मित्रको रुपमा प्रशंसा गर्दै उ इजरायलको राष्ट्रिय सुरक्षाको एउटा हिस्सा भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप