कोरोना संक्रमणका कारण मकवानपुरमा २ जनाको मृत्यु
बिहीबार, १३ जेठ २०७८, १३ : ०१
मकवानपुर । कोरोना संक्रमणका कारण मकवानपुरमा २ जनाको मृत्यु भएको छ । संक्रमणका कारण हेटौंडा अस्पतालमा उपचाररत एक पुरुष र मनहरी कोभिड अस्पतालमा एक महिलाको मृत्यु भएको हो । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा बाराको निजगढ नगरपालिका वडा नम्बर–९ का ४९ वर्षका पुरुषको मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा.सागर काफ्लेले जानकारी दिए ।
उनका अनुसार मृतक पुरुषको अस्पतालको कोभिड–१९ उपचार कक्षको आइसियुमा राखेर उपचार भइरहेको थियो । त्यस्तै मनहरीको कोभिड अस्पतालमा ५० वर्षकी महिलाको मृत्यु भएको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताए ।
मृतक महिला मनहरी गाउँपालिका वडा नम्बर–७ रमन्टारकी रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण