ब्ल्याक ड्रेसमा ग्ल्यामरस उर्वशी
अभिनेत्री उर्वशी रौतेला फेसन सेन्स र ग्ल्यामर लुक्सका कारण चर्चामा सधै रहन्छिन् । उनी अक्सर फ्यानको लागि आफ्नो सुन्दर तस्बिर शेयर गर्ने गर्छिन् । जसलाई फ्यानले समेत रुचाउने गरेका छन् । हालै उनले केही नयाँ तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छन् । जुन इन्टरनेटमा रुचाइएको छ । तस्बिरमा उनले कालो कलरको डिपनेक र साइटकट गाउन लगाएकी छन् । जसमा उनी निकै आकर्षक देखिएकी छन् ।

यो ड्रेसमा उनको क्विवेज पनि देखिएको छ । घाटीमा लकेट चेन र कानको रिङ्गले सिंगार्ने काम गरेको छ । मिलिनियम मेकअप र खुल्ला कपालका साथ उनले आफ्नो लुक्स पुरा गरेकी छन् । फ्यानले उनको लुक्सको प्रशंसा गरिरहेका छन् ।

उर्वशी पछिल्लो समय नयाँ भिडियो ‘वर्षा बेबी’ को सुटिङ गरिरहेकी छन् । यो उनको पहिलो अन्तर्राष्ट्रिय प्रोजेक्ट हो । यो गीत २०२१ को सबैभन्दा बढी बजेटको गीत भएको समेत बताइएको छ । गीतको एक झलक अभिनेत्रीले आफ्नो सामाजिक सञ्जालमार्फत समेत सार्वजनिक गरेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बार्सिलोनाबाट अन्सु फातीको स्थायी बिदाइः ११ मिलियन युरोमा मोनाकोमा अनुबन्ध
-
सशक्त फ्रान्सविरुद्ध संयमित स्वीडेन
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
-
हाल्यान्डको गोलमा नर्वेलाई २–१ को अग्रता
-
आइभरी कोस्टले फर्कायो गोल, खेल थप रोमाञ्चक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण