शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

कालीगण्डकी  तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

शुक्रबार, १४ जेठ २०७८, २३ : १०
शुक्रबार, १४ जेठ २०७८

जिल्ला प्रशासन कार्यालयले जारी वर्षाका कारण बाढीपहिरोको जोखिम रहेकाले सुरक्षित रहन नागरिकलाई अनुरोध गरेको छ । कालीगण्डकी नदीमा बिहीबारदेखि नै बहाब बढ्दै गएकाले तटी क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरिएको हो ।  जलजला गाउँपालिकाको वारीबेनी, बगरफाँट, मिलनचोक, लस्ती, खनियाघाट, कुश्मा नगरपालिकाको मालढुंगा, मोदीवेणी, दक्षिण पर्वतको विहादी गाउँपालिकास्थित सेती वेणी, फलेबासको जैमिनीघाटलगायत क्षेत्रका बस्ती उच्च जोखिममा छन् । 

पश्चिम बंगाल खाडीमा विकसित जलवायुको प्रभाव र ‘यास’ चक्रवातका कारण नेपालमा समेत भित्रिएको मौसम बदलीका कारण सबैलाई सतर्क रहन अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा सुवेदीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप