निको हुने सङ्ख्या बढ्दै
नेपालमा शनिबार थप चार हजार ४८७ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । योसहित नेपालमा कुल सङ्क्रमितको सङ्ख्या पाँच लाख ५३ हजार ४२२ पुगेको छ ।
यसैगरी छ हजार ८० जना सङ्क्रमित निको भएका छन् । योसहित नेपालमा चार लाख ३४ हजार ७५० जना निको भएका छन् । शनिबार थप ११६ जना सङ्क्रमितको मृत्यु भएको छ ।
योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या सात हजार १६३ जना पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १४ हजार छ जनाको पीसीआर र ७४६ जनाको एन्टिजेन विधिबाट गरी कुल १४ हजार ७५२ जनाको कोभिड–१९ परीक्षण गरिएको थियो ।
देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख ११ हजार ५०९ रहेको छ । त्यसैगरी देशभरका कोभिड अस्पतालका आईसीयूमा एक हजार ६१४ जना र भेन्टिलेटरमा ४५७ जना सङ्क्रमित उपचाररत छन् ।
यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
-
ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
-
सोलुखुम्बुमा भारतीय सहयोगमा गुम्बा भवनको शिलान्यास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण