बजेटमा कुन प्रदेशलाई कति वित्तीय हस्तान्तरण ?
सरकारले आगामी आर्थिक वर्षमा प्रदेशहरूलाई १ खर्ब ३ अर्ब ७० करोड २५ लाख रुपैयाँ वित्तीय हस्तान्तरण गर्दैछ । यसमध्ये चालुमा ७४ अर्ब २२ करोड १७ लाख रुपैयाँ रहेको छ भने पुँजीगत शीर्षकमा २९ अर्ब ४८ करोड ८ लाख रहेको छ । समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान गरी सरकारले प्रदेशमा वित्तीय हस्तान्तरण गर्दछ ।
आर्थिक वर्ष २०७८/७९ मा प्रदेश १ मा सर्वाधिक १६ अर्ब २९ करोड ३६ लाख हस्तान्तरण गरिँदैछ भने दोस्रोमा लुम्बिनी प्रदेशमा १५ अर्ब ६१ करोड २५ लाख रुपैयाँ रहेको छ । तेस्रो स्थानमा कर्णाली प्रदेशमा १५ अर्ब ५५ करोड ६३ लाख रुपैयाँ रहेको छ ।
प्रदेश २ मा १३ अर्ब ९० करोड ३४ लाख रुपैयाँ हस्तान्तरण गरिने भएको छ भने बागमती प्रदेशका लागि १४ अर्ब ७२ करोड ६८ लाख रुपैयाँ छुट्याइएको छ । गण्डकी प्रदेशमा सबैभन्दा कम १३ अर्ब २ करोड ९७ लाख रुपैयाँ हस्तान्तरण गरिनेछ भने सुदूरपश्चिम प्रदेशले १४ अर्ब ५८ करोड २ लाख रुपैयाँ हस्तान्तरण गरिने उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण