उपनिर्वाचन : मतपरिणाम भर्चुअल माध्यमबाट सार्वजनिक गरिने
लुम्बिनी प्रदेशमा भइरहेको राष्ट्रिय सभा उपनिर्वाचनको मतपरिणाम भर्चुअल माध्यमबाट सार्वजनिक गरिने भएको छ ।
कोरोना सङ्क्रमणलाई ध्यानमा राख्दै भर्चुअल माध्यमबाट मतपरिणाम सार्वजनिक गर्न लागिएको सहायक निर्वाचन अधिकृत मीनराज भट्टराईले जानकारी दिए । निर्वाचनका लागि दाङको घोराहीमा रहेको कर्मचारी मिलन केन्द्रमा तीन वटा मतदान स्थल तोकिएको छ भने मतदान अन्तिम चरणमा पुगेको छ ।
प्रदेशसभा सदस्यका लागि (क), गाउँपालिका अध्यक्ष–उपाध्यक्ष र नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि (ख) र कोभिड सङ्क्रमितका लागि (ग) मतदान केन्द्र तोकिएको हो । बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्ने छ ।
निर्वाचनमा नेकपा एमालेको तर्फबाट चन्द्रबहादुर खड्का र विपक्षी गठबन्धनका तर्फबाट दीर्घनारायण पाण्डे उम्मेदवार रहेका छन् । पाण्डे नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा पार्टीका साझा उम्मेदवार हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१०० रुपैयाँको राइड गर्दा सरकारलाई ६ रुपैयाँ कर
-
तुलसीपुर उपमहानगरकाद्वारा १५४ कानुन निर्माण
-
क्यानडाको डढेलो, अमेरिकामा धुवाँ : ट्रम्पद्वारा महसुल लगाउने धम्की
-
एसियाड तयारी : टेबलटेनिस च्याम्पियन संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान
-
इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव
-
मधेस विश्वविद्यालयमा तीन वटा शैक्षिक कार्यक्रम विस्तार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण