भारतमा पछिल्लो २४ घण्टामा १.२६ लाख संक्रमित भेटिए, २.५४ लाख निको भए
भारतमा कोरोनाको गती क्रमशः कम हुँदै गइरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा एक लाख २६ हजार ६४९ मानिसहरुको कोरोना रिपोर्ट पोजेटिभ आयो । यतिबेला २ लाख ५४ हजार ८७९ मानिसहरुले कोरोना जिते । नयाँ संक्रमितको आँकडा पछिल्लो ५५ दिनको सबैभन्दा कम हो । यसअघि ७ अप्रिलमा १ लाख २६ हजार २७६ मानिसहरुमा कोरोनाको पुष्टि भएको थियो ।
यसैबीच मृत्युको आँकडामा पनि कमी आउन थालेको छ । करिब ३५ दिनपछि सोमबार दैनिक मृत्युको आँकडा ३ हजारभन्दा कम आएको छ । यतिबेला २,७८१ संक्रमितको मृत्यु भयो । यसअघि २६ अप्रिलमा २,७६२ जनाको ज्यान गएको थियो ।
सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्यामा १ दिनमा १ लाख ३१ हजार ३१ को गिरावट आएको छ । अब १८ लाख ९० ९७५ संक्रमितको उपचार चलिरहेको छ । पछिल्लो २२ दिनमा यसमा १८ लाख ५० हजार ३३७ को कमी आएको छ ।
भारतमा कोरोना महामारी आँकडामाः
पछिल्लो २४ घण्टामा भेटिएका कूल संक्रमितः १.२६ लाख
पछिल्लो २४ घण्टामा कूल निको भएकाः २.५४ लाख
पछिल्लो २४ घण्टामा कूल मृत्युः २.७८१
हालसम्म कूल संक्रमित भइसकेकाः २.८१ करोड
हालसम्म निको भएकाः २.५९ करोड
हालसम्म कूल मृत्युः ३.३१ लाख
हाल उपचार गराइरहेका बिरामीको कूल संख्याः १८.९० लाख
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण