शान्ति समाजद्वारा कोभिड–१९ संक्रमित बिरामी तथा बालगृहमा खाद्यान्न सहयोग
मानव अधिकार तथा शान्ति समाजको २६ औँ स्थापना दिवसका अवसरमा देशका विभिन्न ठाउँमा शाखाहरूले विभिन्न कार्यक्रम गरी आज मनाएका छन् । सोही क्रममा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत कोभिड संक्रमित बिरामीहरु तथा स्वास्थकर्मीलाई खाजा तथा सिर्जनशील संस्था नेपालद्वारा सञ्चालित बालगृहका बालबालिकालाई खाद्यान्न सहयोग गरेको छ ।
कोभिड–१९ संक्रमणबाट नागरिकहरु आक्रान्त भई हाहाकार सिर्जना हुन थालेको विकराल अवस्थामा शान्ति समाजले थोरै भए पनि सहयोग पुग्ने विश्वासले राहत वितरण गरेको शान्ति समाज रुपन्देहीका सभापति डी.पी. खनालले जानकारी दिए ।
सोही अवसरमा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले नेपालका सत्ता सञ्चालकहरुले लोकतन्त्रप्रतिको इमानदारितामा आएको स्खलनले व्यवस्थाको जग हल्लिन लागेको बताए ।
सरकार जनउत्तरदायी र संवेदनशील बन्न नसक्दा कोरोना नियन्त्रण र संक्रमितको औषधी उपचार अव्यवस्थित भएकोले नागरिकले जीवन गुमाउनु परिरहेको र सरकार सत्ता र भत्ताको खोजीभन्दा पनि जनता बचाउन लाग्नु पर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण