रातु खोलाको दोहन रोक्न माओवादी नेताको माग
नेकपा (माओवादी) का नेता गिरिराजमणि पोखरेलले रातु खोलाको दोहनले किनारका बासिन्दा तथा किसानको उब्जाउ भूमि बञ्जर बनाउँदै लगेको र जनताको तटबन्धसमेत धरापमा परेकामा चिन्ता व्यक्त गरेका छन् । पूर्वमन्त्री पोखरेलले आज प्रेस वक्तव्य जारी गरी महोत्तरी जिल्ला बर्दिबास नगरपालिका वडा नम्बर ६, ७ र ९ (साविक किसाननगर र पशुपतिनगर गाविस) र भंगाहा–४ रामनगरस्थित रातु खोलामा क्रसर उद्योग व्यवसायी र ठेकेदारको मिलेमतोमा सरकारको ढुंगा, गिटी र बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ उल्लंघन गरी केही दिनदेखि अनियमित ढङ्गबाट नदीको उत्खनन भइरहेकामा ध्यानाकर्षण पनि गराएका छन् ।
अनियन्त्रित खोलाको दोहनले पानीको स्रोत(पिउने पानी र सिंचाइ) समेत दीर्घकालीन असर पार्ने भएकाले सो कार्य तत्कालै रोकी कारवाही अगाडि बढाउन बर्दिवास नगरपालिका, भंगाहा नगरपालिका र सरोकार पक्ष सबैमा उहाँले विशेष अनुरोध गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण