शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

रुपन्देहीमा निषेधाज्ञा फेरि लम्बियो, के गर्न पाइन्छ के पाइँदैन ?

बिहीबार, २० जेठ २०७८, १७ : २३
बिहीबार, २० जेठ २०७८

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निषेधाज्ञाको समय जेठ ३१ गतेसम्मका लागि लम्बाएको छ । जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमणको प्रभावलाई मध्यनजर गरी जारी निषेधाज्ञालाई जेठ मसान्तसम्म थप गर्ने निर्णय गरेको हो । आज जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जनक थापाले रातोपाटीलाई जानकारी दिए ।

यसअघि जिल्लास्तरीय कोभिड संक्रमण व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकको निषेधाज्ञा थपको सिफारिस गरेको आधारमा थप गरिएको उनले बताए ।

 यस अवधिमा सुरक्षाकर्मी, स्वास्थ्य, खानेपानी, दुध, विद्युत, दमकल, संचार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला, व्यवस्थापन, इन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधी र अत्यावश्यक वस्तु तथा माल समान ढुवानी गर्ने ढुवानीका साधन जस्ता अति आवश्यक सेवा सन्चालनमा रहनेछन् ।

तर, जिल्ला भित्र सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुवाहक सवारी साधन सञ्चालन गर्न निषेध गरिएको छ । कुनै पनि भेला, भिडभाड जम्मा हुन, मानिसहरु भेला, जात्रा सञ्चालन गर्न, महोत्सव वा सभा जुलुस गर्न पनि निषेध गरिएको छ । सबै प्रकारका सभा, पार्टी प्यालेस, सिनेमा हल, सेमिनार, तालीम, गोष्ठी, सम्मेलन, सैलुन, मनोरञ्जन स्थल, डिपार्टमेन्ट स्टोर, सिटिङ्ग मल, ब्युटीपार्लर र स्विमिङ पुल, स्पा, संग्रहालय, पुस्तकालय, समूहमा खेल्ने खेलकुद, जिमखाना आदि सञ्चालन गर्न पनि रोक लगाइएको छ । 

रुपन्देहीमा गत वैशाख १६ गतेबाट निषेधाज्ञाका जारी रहेको छ । यसअघि तोकिएको निषेधाज्ञाको समय आज राति १२ बजेबाट सकिँदै थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप