भेरी अस्पतालमा स्वास्थ्यकर्मी माथिको आक्रमण आवेगमा : छानबिन समिति
भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि भएको हातपातको घटना आवेगमा आएर भएको निष्कर्ष निकालिएको छ । सो घटनाको अध्ययन गर्न गठित छानबिन समितिले उक्त निष्कर्ष निकालेको हो । छानविन समितिले उपचारको क्रममा आफन्तको मृत्यु भएपछि आवेगमा आएर मृतकका आफन्तले नर्ससहित चिकित्सकमाथि कुटपिट गरेको ठहर गरेको छ ।
समितिले अस्पतालको उपचार सेवामा सुधार गर्नुपर्ने बताउँदै त्यहाँ कार्यरत स्वास्थ्यकर्मीहरुले सेवाग्राहीलाई नम्र तथा शिष्ट व्यवहार देखाउनुपर्ने सुझाव समेत दिएको छ । गत बिहिबार ५३ वर्षीय डिल्ली रावतको उपचारका क्रममा मृत्यु भएपछि मृतकका भाइ मानबहादुर रावत, भरत रावत र छोरा लोकराज रावतले अस्पतालको आईसीयूमा तोडफोड गरी स्वास्थ्यकर्मीमाथि हातपात गरेका थिए ।
हातपात भएलगत्तै त्यहाँ कार्यरत स्वास्थ्यकर्मीले सुरक्षाको माग गरेका थिए । त्यसलगत्तै सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको संयोजकत्वमा ७ सदस्य छानविन समिति गठन गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
-
पुष्पलालका योगदान आज पनि उत्तिकै प्रेरणादायी छन् : माधव नेपाल
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण