रवि रिमालको जनता समर्पित गीत ‘नेताज्यु तिमीलाई माझी औँला’
विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारिको कारण देश विगत एक महिना लामो समयदेखि निषेधाज्ञामा छ । निषेधाज्ञाका कारण सर्वसाधारणमा विभिन्न असर परेको छ । रोगले मार्ने त एकातिर छँदैछ, भने भोकले मर्ने अवस्था समेत निम्तिने अवस्था छ ।
देशमा भने भ्रष्टाचार, महँगी लगायत दिन प्रतिदिन बढ्दो छ । यस्तै राजनीतिक अवस्थालाई व्यङ्ग्य गर्दै गायक रवि रिमालले ‘नेताज्यु तिमीलाई माझी औँला’ बोलको बनाएका छन् । गीतमा उनलाई र्याप गायनमा आयुस प्रतिक अधिकारीले साथ दिएका छन् । गीतमा शब्द, संगीत, संगीत संयोजन तथा म्युजिक भिडियो निर्देशन गायक रिमालकै रहेको छ ।
सँधैजसो रोमान्टिक र डान्सिङ गीत गाएर दर्शक श्रोतालाई मनोरञ्जन दिंदै आएका गायक रिमालले यसपाली केही फरक गीत ल्याएका हुन् । गीतमा रोग, भोक अनि शोकमा डुबेका तीन करोड नेपालीको पीडा पनि छ । सुमनकुमार श्रेष्ठको छायाँकन रहेको भिडियोलाई फराज अर्पनले सम्पादन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण