गण्डकी प्रदेशसभाका उपसभामुख शर्मा घाइते
बुधबार, २६ जेठ २०७८, १९ : २७

गण्डकी प्रदेशसभाका उपसभामुख सिर्जना शर्मा घाइते भएकी छन् । पोखरा महानगरपालिका –२१ स्थित फोक्सिङमा निर्माणाधीन ढलान बाटोको अनुगमन गर्ने क्रममा अचानक ढलान पाइप उछिट्टिएर लाग्दा उपसभामुख शर्मा घाइते भएकी हुन् ।
ढलान बाटो अनुगमनका क्रममा उपसभामुख शर्मासहित बाटो उपभोक्ता समितिका अध्यक्ष गौतम रसाइली पनि घाइते भएको उपसभामुख शर्माका स्वकीय सचिव प्रकाश शर्माले जानकारी दिए । पाइप उछिट्टिएर घाइते भएका उपसभामुख शर्मा र रसाइलीलाई दुवै जनालाई उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरामा ल्याइएको थियो ।
उपचारका लागि अस्पताल पुगेकी उपसभामुख शर्मा सामान्य उपचारपछि घर फर्किएकी छन् । उपभोक्ता समितिका अध्यक्ष रसाइलीको खुट्टा भाँचिएकाले अस्पतालमा उपचार भैरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारी सञ्चालकहरूले घरबेटीहरूसँग बहाल सम्झौता गरे/नगरेको तथ्याङ्क राख्न निर्देशन
-
‘पत्रकारमाथि दुर्व्यवहार गर्ने वरिष्ठ अधिवक्ता थापाले सार्वजनिक रूपमा माफी माग्नुपर्छ’
-
वरिष्ठ अधिवक्ता थापाद्वारा पत्रकारमाथि दुर्व्यवहार
-
सप्तकोशीमा उद्धार अभ्यास गर्ने क्रममा दुई गोताखोर बेपत्ता
-
अध्यक्षमाथि भ्रष्टाचार मुद्दाले नेकपा एसको केन्द्रीय कार्यालय ततायो (तस्बिरहरू)
-
संघीयतामा सडक निर्माणका विसंगति