गोरखामा पाँच स्थानीय तहलाई ६ एम्बुलेन्स हस्तान्तरण
गोरखाका विभिन्न ५ वटा स्थानीय तहहरूलाई कोरोना सङ्क्रमण विरुद्ध जुध्न सहयोग पु¥याउने उद्देश्यले ६ वटा एम्बुलेन्स सहितका स्वास्थ्य सामग्री आज प्रदान गरिएको छ । सम्भव छ नेपाल नामक संस्थाले स्थानीय तहहरूलाई एम्बुलेन्स सहितको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।
जिल्लाको आरुघाट गाउँपालिका घर भइ पर्यटन व्यवसाय गर्दै आउनु भएका संस्थाका अध्यक्ष प्रेमकुमार खत्रीले उक्त सामग्री खरिद गरी जिल्लाका स्थानीय तहहरूलाई उपलब्ध गराएका हुन् । गोरखा नगरपालिकालाई दुई, धार्चे गाउँपालिका, भीमसेन थापा गाउँपालिका, सहिद लखन गाउँपालिका र गण्डकी गाउँपालिकालाई एक एक वटा एम्बुलेन्स हस्तान्तरण गरिएको संस्थाले जनाएको छ ।
संस्थाले जिल्ला विभिन्न अन्य स्थानीय तहहरूका लागि एम्बुलेन्स समेत गरी करिब १ करोड रुपैया बराबर सामग्री प्रदान गरेको संस्थाका अध्यक्ष खत्रीले जानकारी दिए । त्यस्तै संस्थाले कोरोना संक्रमणका विरुद्ध लड्न सहयोग पुर्याउन ६ थान अक्सिजन सिलिन्डर, ६ सय थान एन्टिजेन किट, १२ सय थान भिटिएम र ८ सय लिटर सेनिटाइजर पनि स्थानीय तहलाई उपलब्ध गराएको छ ।
त्यस्तै ५६ हजार सर्जिकल मास्क, १ सय थान अक्सिमिटर लगायत पिपिई सेट, फेससिल्ड पनि स्थानीय तहलाई प्रदान गरिएको उहाँले बताउनुभयो । गाउँपालिकालाई उपलब्ध गराएको एम्बुलेन्स एउटा रु १२ लाख रुपैंयामा खरिद गरिएको संस्थाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण