बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

देउवापत्नी आरजुलाई हराउने नारदमुनी बने मन्त्री

बिहीबार, २७ जेठ २०७८, १२ : ३५
बिहीबार, २७ जेठ २०७८

काँग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणालाई पराजित गर्ने नारदमुनी राना मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्रीले विस्तार गर्न लागेको मन्त्रिपरिषद्मा उनलाई वनमन्त्री बनाउन लागिएको हो । 
कैलाली क्षेत्र नं ५ बाट उनले आरजु राणालाई भारी मत अन्तरले पराजित गरेका थिए । 

तत्कालीन वाम गठबन्धनका रानाले २७ हजार २ सय २ मत प्राप्त गरेका थिए भने कांग्रेस उम्मेदवार राणाले २२ हजार ३ सय २२ मत प्राप्त गरेकी थिइन् ।   यसअघि वन मन्त्रीमा सुदूरपश्चिमकै प्रेम आले रहेका थिए । अहिले पनि नयाँ मन्त्री बनाइँदा सुदूरपश्चिमकै राणालाई वनमन्त्री बनाउन लागिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप