गैंडा सुटर सोम गुरुङ नेपाली सेनाको नियन्त्रणमा

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षा खटिएको सैनिक टोलीले गैंडा सुटर सोम गुरुङलाई पक्राउ गरेको छ । वास्तविक नाम खड्ग गुरुङ भएका सोम गुरुङलाई नवलपुरको गैंडाकोट नगरपालिका–३ बाट पक्राउ गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
जेठ २५ मा चितवन राष्ट्रिय निकुञ्‍जको सुरक्षार्थ तैनाथ खड्‍गदल गण र निकुञ्ज प्रशासनको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो । गैडाकोट नगरपालिका–३ स्थित डढेली घर भएका उनलाई सेनाले चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसरामा बुझाएको छ
त्यस्तै, नेपाली सेनाले बँदेल मारेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ । पूर्व पश्चिम राजमार्ग स्थित शुक्लाफाँटा नगरपालिका–११ बनरा जङ्गल हुँदै महेन्द्रनगरतर्फ जाँदै गरेको टिपरमा मृत बँदेल लिएर हिँडेका ३ जनालाई सैनिक टोलीले पक्राउ गरेको हो ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खटिएको देवीदल गण सुरक्षा गुल्मको टोलीले बँदेल सहित उनीहरुलाई निकुञ्ज प्रशासनमा बुझाएको छ । ना.१.क ५७७२ नम्बरको टिपरमा सवार ३ जनालाई ३५ केजी तौलको मृत बँदेलसहित पक्राउ गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाग्मतीका स्थानीय तहले प्रदेशबाट पाए ८ अर्ब ६५ करोड बजेट, कुनलाई कति ?
-
५६ करोड ७१ लाख बिगो माग गरिएका थापा ३ लाख धरौटीमा रिहा
-
राजु पाण्डेको रिटमा उच्च अदालतले भन्यो - निलम्बन कार्यान्वयन नगर्नू, काम गर्न दिनू
-
समयका पहिराहरू
-
हेटौँडामा वडाध्यक्षमाथि मोबिल छ्यापियो
-
दुई बुँदे सहमतिलाई लिएर माओवादीमा फरक फरक धारणा