गैंडा सुटर सोम गुरुङ नेपाली सेनाको नियन्त्रणमा
काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षा खटिएको सैनिक टोलीले गैंडा सुटर सोम गुरुङलाई पक्राउ गरेको छ । वास्तविक नाम खड्ग गुरुङ भएका सोम गुरुङलाई नवलपुरको गैंडाकोट नगरपालिका–३ बाट पक्राउ गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
जेठ २५ मा चितवन राष्ट्रिय निकुञ्‍जको सुरक्षार्थ तैनाथ खड्‍गदल गण र निकुञ्ज प्रशासनको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो । गैडाकोट नगरपालिका–३ स्थित डढेली घर भएका उनलाई सेनाले चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसरामा बुझाएको छ
त्यस्तै, नेपाली सेनाले बँदेल मारेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ । पूर्व पश्चिम राजमार्ग स्थित शुक्लाफाँटा नगरपालिका–११ बनरा जङ्गल हुँदै महेन्द्रनगरतर्फ जाँदै गरेको टिपरमा मृत बँदेल लिएर हिँडेका ३ जनालाई सैनिक टोलीले पक्राउ गरेको हो ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खटिएको देवीदल गण सुरक्षा गुल्मको टोलीले बँदेल सहित उनीहरुलाई निकुञ्ज प्रशासनमा बुझाएको छ । ना.१.क ५७७२ नम्बरको टिपरमा सवार ३ जनालाई ३५ केजी तौलको मृत बँदेलसहित पक्राउ गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण