सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

कर्णालीमा थप ४५६ जनाले जिते कोरोना, संक्रमण घटे पनि जोखिम उच्च

बिहीबार, २७ जेठ २०७८, २० : २८
बिहीबार, २७ जेठ २०७८

कर्णाली प्रदेशमा आज एकैदिन थप ४५६ जनाले कोरोना भाइरसलाई जितेर डिस्चार्ज भएका छन् । पछिल्लो समय कर्णालीमा कोरोनालाई जित्नेको संख्या लगातार बढिरहेको छ । जसअनुसार सक्रिय संक्रमितको संख्या समेत कम हुँदै गएको छ ।  एक हप्ता अघिसम्म ६ हजार सक्रिय संक्रमितको संख्या रहेकोमा आज ३ हजार ६४७ जना मात्र सक्रिय संक्रमित रहेका छन् ।

यस्तै आज ३१३ जना संक्रमित थपिएका छन् । २९२ जनामा गरिएको आरटी पीसिआर परीक्षणमा १७४ र ४०७ जनामा गरिएको एन्टिजेन विधिको परीक्षणका क्रममा १३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

यस्तै आज थप ६ जनाको कोरोनाबाट मृत्यु भएको छ । ५ जना सुर्खेत र सल्यानमा एक जनाको मृत्यु भएको छ । यो सँगै प्रदेशभर कोरोनाबाट मृत्यु हुनेको संख्या २८५ पुगेको छ । कर्णालीमा कोरोना संक्रमणको दर घटे पनि जोखिम भने उच्च रहेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । 

पछिल्लो समय कोरोना बजार क्षेत्र भन्दा पनि गाउँ घरमा बढी देखिएको छ । स्वास्थ्य मन्त्रालयले पनि कर्णालीका गाउँ गाउँमा कोरोनाका बिरामी देखिएको बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप