कर्णालीमा थप ४५६ जनाले जिते कोरोना, संक्रमण घटे पनि जोखिम उच्च
कर्णाली प्रदेशमा आज एकैदिन थप ४५६ जनाले कोरोना भाइरसलाई जितेर डिस्चार्ज भएका छन् । पछिल्लो समय कर्णालीमा कोरोनालाई जित्नेको संख्या लगातार बढिरहेको छ । जसअनुसार सक्रिय संक्रमितको संख्या समेत कम हुँदै गएको छ । एक हप्ता अघिसम्म ६ हजार सक्रिय संक्रमितको संख्या रहेकोमा आज ३ हजार ६४७ जना मात्र सक्रिय संक्रमित रहेका छन् ।
यस्तै आज ३१३ जना संक्रमित थपिएका छन् । २९२ जनामा गरिएको आरटी पीसिआर परीक्षणमा १७४ र ४०७ जनामा गरिएको एन्टिजेन विधिको परीक्षणका क्रममा १३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।
यस्तै आज थप ६ जनाको कोरोनाबाट मृत्यु भएको छ । ५ जना सुर्खेत र सल्यानमा एक जनाको मृत्यु भएको छ । यो सँगै प्रदेशभर कोरोनाबाट मृत्यु हुनेको संख्या २८५ पुगेको छ । कर्णालीमा कोरोना संक्रमणको दर घटे पनि जोखिम भने उच्च रहेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।
पछिल्लो समय कोरोना बजार क्षेत्र भन्दा पनि गाउँ घरमा बढी देखिएको छ । स्वास्थ्य मन्त्रालयले पनि कर्णालीका गाउँ गाउँमा कोरोनाका बिरामी देखिएको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण