अभिनेता दिलीपकुमार अस्पतालबाट डिस्चार्ज
बलिउडका दिग्गज अभिनेता दिलीपकुमार अस्पतालबाट डिस्चार्ज भएका छन् । फैजल फारुकीले सामाजिक सञ्जालबाट दिलीपकुमार अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिएकी हुन् । उनले लेखेकी छन्– ‘तपाईंहरुको प्रेम, स्नेह र प्रार्थनाले दिलीप साहब अस्पतालबाट घर फर्किएका छन् ।’
दिलीप कुमारलाई गत आइतबार स्वासप्रस्वासमा समस्या देखिए पछि हिन्दुजा अस्पताल भर्ना गरिएको थियो । गत महिना पनि दिलीपकुमार अस्पताल भर्ना भएका थिए । सो समय पनि उनलाई सास फेर्न गाह्रो भएको बताइएको थियो ।
अभिनेता दिलीप कुमारको वास्तविक नाम मोहम्मद युसुफ खान हो । उनले ‘ज्वार भाटा’, ‘अन्दाज’, ‘आन’, ‘देवदास’, ‘आजाद’, ‘मुगल ए आजाद’, ‘गंगा जमुना’, ‘क्रान्ति’, ‘कर्मा’ र ‘सौदागर’ जस्ता ५० भन्दा बढी बलिउड फिल्ममा काम गरेकी छन् ।
उत्कृष्ट अभिनयका कारण उनलाई फिल्म फेयर अवार्डमा ८ पटक बेष्ट अभिनेताको सम्मान मिलेको छ । हिन्दी फिल्मको सबैभन्दा ठुलो सम्मान ‘दादा साहेब फाल्के अवार्ड’ समेत पाएका उनलाई भारत सरकारले २०१५ मा पद्य भुषण पनि दिइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बार्सिलोनाबाट अन्सु फातीको स्थायी बिदाइः ११ मिलियन युरोमा मोनाकोमा अनुबन्ध
-
सशक्त फ्रान्सविरुद्ध संयमित स्वीडेन
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
-
हाल्यान्डको गोलमा नर्वेलाई २–१ को अग्रता
-
आइभरी कोस्टले फर्कायो गोल, खेल थप रोमाञ्चक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण