गाँजा खेतीलाई सरकारले नीति तथा कार्यक्रममा समावेश गर्नुपर्छ : स्थापित
सत्तारुढ दल नेकपा एमाले बागमती प्रदेशसभा सदस्य केशव स्थापितले बागमती प्रदेश सरकारले प्रदेशमा गाँजा खेतीलाई अनुमति प्रदान गर्नु पर्ने बताएका छन् । बागमती प्रदेशसभाको आज बसेको बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम माथि छलफलमा सहभागी हुँदै सांसद् स्थापितले प्रदेश सरकारले संसदमा दर्ता भएको गाँजा खेतीसम्बन्धी विधेयकमा नियमनका नीति निर्धारण गरी अनुमति प्रदान गरी सरकारको नीति तथा कार्यक्रममा समेट्न सके प्रदेशवासीको आर्थिक अवस्थामा सुधार गर्ने सकिने बताएका हुन् ।
गाँजाको बजार औषधीजन्य पदार्थमा प्रयोग हुने र बाहिरी मुलुकहरुमा यसको माग बढ्दो रहेकाले बागमती प्रदेश सरकारले गाँजा खेतीलाई अनुमति प्रदान गरी प्रदेशका जनतालाई आर्थिक उपार्जनमा जोड्न माग गरे ।
सरकारको नीति तथा कार्यक्रमले जनता प्रति केही सहानुभूति दिएको भए पनि नागरिकहरुको जीवनस्तर सुधार्न र आर्थिक रुपले सक्षम बनाउन गाँजालाई कानूनी मान्यता प्रदान गर्नुपर्ने उनको धारणा छ ।
राजस्व संकलन गरी सरकार आर्थिक रुपमा सक्षम हुने र देश विकासमा फड्को मार्नको लागि गाँजा खेतीलाई कानूनी मान्यता प्रदान गर्नुपर्ने माग गरे ।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारले गाँजा विधेयकलाई छलफलमा नीति तथा कार्यक्रममा समावेश गरी प्रदेशको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण