बौद्ध हत्याकाण्ड : सीसीटीभीमा चार जनाले बोरामा हालेर खुट्टा फालेको देखियो
काठमाडौं । काठमाडौंको बौद्धमा फेला परेको शवको खुट्टा कसको हो भन्ने खुल्न सकेको छैन् । काठमाडौं महानगरपालिका–६ बौद्ध नयाँ बस्तीस्थित नौ तलेमा जेठ २५ मा शवको खुट्टा फेला परेको थियो ।
महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरीको छुट्टा छुट्टै टिमले घटनाको अनुसन्धान गरिरहेका छन् । प्रहरीको अनुसन्धानबाट चारजना युवाले बोरामा लगेर सो शव फालेको भेटिएको छ ।
घटनास्थल नजिकै रहेको सीसीटीभी फुटेजबाट चारजनाले बोरामा शवको खुट्टा फालेर नयाँबस्तीका फुटबल मैदान हुँदै हिँडेको देखिएको छ । तर, शव फाल्नेहरूको पहिचान हुन सकेको छैन ।
हराएका व्यक्तिमा केन्द्रित रहेर अनुसन्धान गरिरहेको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले रातोपाटीलाई बताए । ‘पीडितको सम्पर्कमा पुग्न सकेका छैनौं’ एसएसपी खापुङले भने, ‘अनुसन्धान भइरहेको छ ।’
त्रिवि शिक्षण अस्पतालले पोष्टमार्टम रिपोर्ट प्रहरीलाई दिएको छ । तर, अनुसन्धानमा असर पर्न सक्ने भन्दै प्रहरीले सो रिपोर्ट सार्वजनिक गरेको छैन । प्रहरी स्रोतका अनुसार बोरामा पोको पारेको शवमा दुईवटै खुट्टा भएको तर एउटा खुट्टाको मासु काटेर हड्डी निकालेको देखिएको छ ।
शव पहिचान गर्न मुख्य समस्या भएको बताउँछन् महानगरीय प्रहरी कार्यालयका एआईजी हरिबहादुर पाल । ‘शव पहिचानमा अनुसन्धान केन्द्रित गरेका छौं’ एआईजी पालले भने–‘मान्छे पहिचान गरेपछि अनुसन्धान सहज हुने थियो तर, पहिचानमा समस्या भइरहेको छ ।’
त्रिवि शिक्षण अस्पतालले शवको डीएनए परीक्षणको प्रक्रिया अघि बढाएको छ । डीएनए परीक्षणबाट महिला, पुरुष र उमेर खुल्ने चिकित्सकहरु बताउँछन् । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुले प्राविधिक विश्लेषण पनि गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण