कर्णालीमा क्रियाशील पत्रकारलाई ५० प्रतिशत अनुदान दिने घोषणा
कर्णाली प्रदेशका क्रियाशील पत्रकारले क्यामेरा र ल्यापटप खरिदका लागि अनुदान पाउने भएका छन् । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ल्यापटप र क्यामेरा खरिदमा ५० प्रतिशत अनुदान दिने बचन दिएका हुन् ।
सरकारले ल्याएको नीति तथा कार्यक्रममा पत्रकारका लागि कुनै पनि कार्यक्रम नसमेटिएको भन्दै संसदीय मामिला पत्रकार समाजले आइतबार मुख्यमन्त्री शाहीलाई भेटेरै गुनासो राखेको थियो । सो पश्चात मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नीति तथा कार्यक्रमम छुटे पनि आर्थिक वर्ष २०७८/०७९ को बजेटमा यस्तो कार्यक्रम समेट्ने प्रतिवद्धता व्यक्त गरेको संसदीय मामिला पत्रकार समाजका प्रदेश अध्यक्ष शेरबहादुर थापाले बताए ।
उनले मुख्यमन्त्रीले पत्रकारका लागि अरु पनि कार्यक्रम ल्याउने तयारी भएको बताएका छन् ।
मुख्यमन्त्री शाहीले यससँगै कर्णालीमा कलम चलाउने पत्रकारका लागि लेखन वृत्ति दिन आवश्यक बजेट व्यवस्था गर्ने पनि बताएका छन् । ‘त्यो मध्ये बढीमा एक सय जना पत्रकार हरेक वर्ष छनौट हुनेछन् । उनीहरुले प्रदेश सरकारका काम कारवाही बारेमा आवश्यक स्टोरी लेखन गर्नुपर्ने हुन्छ शाहीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण