गण्डकीमा एकैदिन ४७३ जना कोरोना संक्रमणमुक्त
गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत ७ जनाको मृत्यु भएको हो । गण्डकी प्रदेशमा विभिन्न जिल्लामा ७ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जनाकारी दिए ।
उनका अनुसार कास्कीमा १, तनहुँमा २, बागलुङ १,स्याङजा १, मुस्ताङमा १ र नवलपरासी पूर्व १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८३८ पुगेको छ ।
त्यसैगरी गण्डकी प्रदेशमा सोमबार थप ३४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार २८० जनाको नमुना परिक्षण गरिएकामा ३४७ जनामा संक्रमण देखिएको हो । संक्रमित मध्ये १६७ महिला र १८० जना पुरुष रहेको प्रदेश स्वाथ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
निर्देशनालयका अनुसार नयाँ संक्रमितहरुमा कास्कीमा १५२, गोरखामा २४,नवलपरासी ४१, स्याङजा ४५, तनहुँ ४७, लमजुङ १४, पर्वत ३ र म्याग्दीमा २१ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५० हजार ३०४ पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ४७३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेहरुको संख्या ४३ हजार ६१९ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाठ्यपुस्तक पुनः प्रयोगमा ध्यान दिन शिक्षामन्त्रीको आग्रह
-
बत्तीसपुतली घटना : बाटोमा हिँड्दा ठोक्किएको निहुँमा हत्या
-
घरजग्गा कारोबार कम्पनीमार्फत गर्नुपर्छ : अध्यक्ष लोहनी
-
मुख्यमन्त्री सोडारी जेठ ३ गते विश्वासको मत लिने तयारीमा
-
ईसेवा मनि ट्रान्सफर पाँचौँ वर्षमा प्रवेश
-
वर्षाका कारण बुटवलका विभिन्न क्षेत्र डुबानमा