धनुषामा पनि एक साता थपियो निषेधाज्ञा
धनुषामा एक साताका लागि निषेधाज्ञा पुनः थप गरिएको छ । स्थानीय प्रशासनले केही क्षेत्र खुकुलो गर्दै धनुषामा छैठौं पटक निषेधाज्ञाको समयअवधि पुनः एक हप्ताका लागि थप गरेको हो । जिल्ला संकट व्यवस्थापन समिति धनुषाको सोमबार बसेको बैठकले आगामी असार ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञालाई जारी राख्ने निर्णय गरेको हो । कोरोना संक्रमणको फैलावट रोक्न निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए ।
प्रजिअ बास्तोलाले निर्माण सामग्री लगायतका अतिआवश्यकीय व्यवसायहरु बिहान ५ बजेदेखि बिहान ११ बजेसम्म र औषधि तथा स्वास्थ्य सेवासँग सम्बन्धित पसलहरु चौबिसैं घण्टा स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरी खोल्न पाइने बताएका छन् । त्यस्तै होटल रेस्टुरेन्टहरुले अनलाईन अर्डर तथा होम डेलेभरि र टेक अवे विधिबाट मात्र सेवा सञ्चालन गर्नसक्ने जनाइएको छ । रात्रीकालिन व्यवसाय सञ्चालनमा भने रोक लगाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
-
पुष्पलालका योगदान आज पनि उत्तिकै प्रेरणादायी छन् : माधव नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण