आइतबार, २५ जेठ २०८२
ताजा लोकप्रिय

चुनाव क्षेत्रमा ईश्वर पोखरेलको सक्रियता

शुक्रबार, ०४ असार २०७८, १७ : ३०
शुक्रबार, ०४ असार २०७८

नेकपा एमालेका महासचिव ईश्वर पोखरेल कोरोना महामारी र निषेधाज्ञाकै बेलामा आफ्नो निर्वाचन क्षेत्र काठमाडौं ५ मा सक्रिय बनेका छन् । पोखरेलले शुक्रबार काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा निर्माण भइरहेका विभिन्न विकास योजनाहरुको निरीक्षण गरे ।

महासचिव पोखरेलले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ स्थित बूढानीलकण्ठ नगरपालिकाको वडा नम्बर–६ मा च्यासिडोलपार्क र धरमपुर बस्तीको अवलोकन गरे । साथै उनले वडा नम्बर ७ मा रहेको पानचोक सामुदायिक भवन र हेपाली सडक ढलान लगायतको विकास योजनाहरुको निरीक्षण गरे ।

पूर्व उपप्रधानमन्त्री पोखरेलले केही दिनअघि बुढानिलकण्ठ नगरपालिकाकै वडा नम्बर ४ र ६ मा भइरहेका बिभिन्न विकास योजनाहरुको पनि निरीक्षण गरेका थिए । सरकारले मध्यावधि चुनावको घोषणा गरेको अवस्थामा एमाले महासचिव पोखरेलले आफ्नो निर्वाचन क्षेत्र, काठमाडौं ५ लाई ध्यान दिन थालेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप