पीएसजीले च्याम्पियन्स लिग जितेको बारे एम्बाप्पे, ‘कुनै गुनासो छैन’
सारांश
- किलियन एम्बाप्पेले पीएसजी छाडेको एक वर्षमै क्लबले च्याम्पियन्स लिग जितेकोमा कुनै गुनासो नभएको बताए।
- पीएसजीका लागि सर्वाधिक गोलकर्ता रहेका एम्बाप्पे च्याम्पियन्स लिग जित्न असफल भए, तर उनले क्लबको जितमा खुशी व्यक्त गरे।
- एम्बाप्पेले आफू रियल मड्रिडमा आवद्ध भइसकेपछि पीएसजीले च्याम्पियन्स लिग जितेको र आफूलाई त्यसको कुनै पछुतो नभएको बताए।
पेरिस । किलियन एम्बाप्पेले आफूले छाडेको करिब एक वर्षमै पेरिस सेन्ट-जर्मेन (पीएसजी) ले च्याम्पियन्स लिग जितेकोमा कुनै गुनासो नरहेको बताएका छन्। उनी सन् २०२४ को जुलाईमा रियल मड्रिडमा नि:शुल्क स्थानान्तरण भएका थिए।
एम्बाप्पे पीएसजीको इतिहासमै सबैभन्दा धेरै गोल गर्ने खेलाडी भएर क्लबबाट बिदा भए । उनले ७ सिजनमा २५६ गोल गरेका थिए । तर उनी क्लबका लागि च्याम्पियन्स लिग जिताउन असफल भएका थिए।
गत ३१ मे मा पीएसजीले इन्टर मिलानलाई ५-० ले हराउँदै आफ्नो पहिलो च्याम्पियन्स लिग उपाधि जित्यो। ‘मैले चाँडै क्लब छाडेको होइन, पीएसजीसँगको मेरो कथा सकिएको थियो। म गुनासो गर्दिनँ । म आफ्नो यात्राको अन्तिम मोडमा पुगिसकेको थिएँ,’ फ्रान्सका कप्तानले भने।
शनिबार फ्रान्स र जर्मनीबिचको नेसन्स लिग तेस्रो स्थानको खेलअघि आयोजित पत्रकार सम्मेलनमा उनले थपे, ‘मैले पीएसजीलाई उपाधि जिताउन सकिनँ, तर मैले सक्दो प्रयास गरेँ। सायद त्यो मेरो नियति थिएन। पीएसजीले च्याम्पियन्स लिग जित्दा मलाई नराम्रो लागेन, म खुसी भएँ – उनीहरू जितको हकदार थिए।’
उनले थपे, ‘उनीहरूले धेरै वर्ष संघर्ष गरे। म पनि त्यहीँ थिएँ, च्याम्पियन्स लिगका सबै चरण पीएसजीसँग खेलेको छु, उपाधि जित्नुबाहेक। उनीहरू अहिले युरोपको उत्कृष्ट टोली हुन्। मैले अहिलेसम्म कुनै ठुलो फाइनल ५-० को नतिजामा जितेको देखेको छैन।’
एम्बाप्पे पीएसजीसँग च्याम्पियन्स लिग जित्न सबैभन्दा नजिक सन् २०२० मा पुगेका थिए, जब टोली बायर्न म्युनिखसँग फाइनलमा पराजित भएको थियो।
एम्बाप्पे हाल रहेको क्लब रियल मड्रिड भने गत सिजनको च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा आर्सनलसँग हार्दै बाहिरिएको थियो, र पछिल्ला ४ वर्षमा पहिलो पटक ट्रफीविहीन सिजन बितायो।
यद्यपि २६ वर्षीय एम्बाप्पे व्यक्तिगत रूपमा भने सफल रहे । उनले ला लिगामा ३१ गोल गर्दै युरोपियन गोल्डेन सु जिते।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण