सेती अस्पतालको ओपिडी सेवा सञ्चालनमा
सेती प्रादेशिक अस्पतालको ओपिडी सेवा आजबाट सञ्चालनमा आएको छ । नयाँ भेरियन्टसहितको कोरोना महामारीको दोस्रो लहरका कारण बन्द रहेको ओपिडी सेवा हाल सङ्क्रमणको दरमा केही कमी भएकाले स्वास्थ्य सुरक्षाका मापदण्डहरु पूर्णरुपमा पालना गर्ने गरी सञ्चालनमा आएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । ओपिडी सेवा साविक बमोजिम सञ्चालन हुने बताइएको छ ।
कोरोना सङ्क्रमित र मृत्यु हुनेहरुको दर बढ्दै गएपछि कैलालीमा जिल्लाभर वैशाख १६ गते देखी निषेधाज्ञा लागू गरिएको थियो । “सेती प्रादेशिक अस्पतालमा सङ्क्रमित हुनेहरुको चाप ह्वात्तै बढेपछि शय्या भरिभराउ भएर केही दिन अस्पताल परिसर र ग्यालेरीमा सङ्क्रमित बिरामीलाई राखेर उपचार गर्नुपर्ने स्थिति सिर्जना भएको थियो”, सूचना अधिकारी श्रेष्ठले भने, “अहिले कोरोना सङ्क्रमित बिरामीका लागि छुट्याइएर राखिएका शय्या समेत खाली भएका छन् ।” सङ्क्रमण नै कम भएर परिक्षणको दर पनि घटेको हुन सक्ने उनको भनाई छ ।
धनगढीको सेती प्रादेशिक अस्पतालमा मात्रै वैशाख २० गते एक हजार २२३ जनामा नमूना परीक्षण गर्दा एकैदिन ५९८ जनामा कोरोना पुष्टि भएको थियो भने कोरोनाबाट आठ जनासम्म मृत्यु भएको अस्पतालको तथ्याङ्कमा उल्लेख छ । अहिले अस्पतालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या शून्यमा झरेको छ । अस्पतालमा १६ जना कोरोना सङ्क्रमित बिरामी उपचाररत रहेका छन् । यसमध्ये नौ जना आइसियुमा, दुई जना भेन्टिलेटरमा र पाँच जना अक्सिजन सपोर्टमा उपचाररत रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण