भारतमा ४९ हजार बढी संक्रमित फेला, १२५५ जनाको मृत्यु
भारतमा शनिबार ४९ हजार ७०१ कोरोना संक्रमित फेला परेका छन् भने ५७ हजार ४८१ जना संक्रमणमुक्त भएका छन् । थप १ हजार २५५ जनाले ज्यान गुमाएका छन् ।
पछिल्लो १५ दिनमा भारतमा ५ लाख ३७ हजार ४१८ जना सक्रिय संक्रमित कम भएका छन् । १० जुनमा ११ लाख १८ हजार ८१८ सक्रिय संक्रमित रहेकोमा हाल यो संख्या घटेर ५ लाख ८१ हजार ३३७ पुगेको छ ।
भारतमा हालसम्म ३.०२ करोड संक्रमित भइसकेका छन् भने २.९२ करोड निको पनि भएका छन् । हालसम्म कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३.९५ लाख पुगेको छ ।
अहिले पनि भारतका १० राज्यमा पूर्ण लकडाउन जारी छ । यसमा पश्चिम बंगाल, हिमाचल प्रदेश, झारखन्ड, छत्तीसगढ, ओडिसा, कर्नाटक, तमिलनाडु, मिजोरम, गोवा र पुडुचेरी रहेका छन् । २१ राज्य र केन्द्र शासित प्रदेशमा आंशिक लकडाउन रहेको छ । यसबीच तेलंगाना सरकारले राज्यमा २० जुन देखि लकडाउन पूर्णरुपमा हटाएको छ । लकडाउन हटाउने तेलंगाना भारतको पहिलो राज्य हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण