शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

भारतमा ४९ हजार बढी संक्रमित फेला, १२५५ जनाको मृत्यु

आइतबार, १३ असार २०७८, १० : ४१
आइतबार, १३ असार २०७८

भारतमा शनिबार ४९ हजार ७०१ कोरोना संक्रमित फेला परेका छन् भने ५७ हजार ४८१ जना संक्रमणमुक्त भएका छन् । थप १ हजार २५५ जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो १५ दिनमा भारतमा ५ लाख ३७ हजार ४१८ जना सक्रिय संक्रमित कम भएका छन् । १० जुनमा ११ लाख १८ हजार ८१८ सक्रिय संक्रमित रहेकोमा हाल यो संख्या घटेर ५ लाख ८१ हजार ३३७ पुगेको छ ।

भारतमा हालसम्म ३.०२ करोड संक्रमित भइसकेका छन् भने २.९२ करोड निको पनि भएका छन् । हालसम्म कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३.९५ लाख पुगेको छ ।

अहिले पनि भारतका १० राज्यमा पूर्ण लकडाउन जारी छ । यसमा पश्चिम बंगाल, हिमाचल प्रदेश, झारखन्ड, छत्तीसगढ, ओडिसा, कर्नाटक, तमिलनाडु, मिजोरम, गोवा र पुडुचेरी रहेका छन् । २१ राज्य र केन्द्र शासित प्रदेशमा आंशिक लकडाउन रहेको छ । यसबीच तेलंगाना सरकारले राज्यमा २० जुन देखि लकडाउन पूर्णरुपमा हटाएको छ । लकडाउन हटाउने तेलंगाना भारतको पहिलो राज्य हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप