प्रधानमन्त्री ओलीलाई उपधारा ५ मा जाने बाटो बन्द : वरिष्ठ अधिवक्ता ज्ञवाली
संविधानको धारा ७६ (३) बमोजिम नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन नसकेको हुनाले उपधारा (५) मा जाने बाटो बन्द भएको वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथि संवैधानिक इजलासमा बहस गर्दै ज्ञवालीले धारा ७६ (३) बमोजिमको पिएमले विश्वासको मत लिन नसकेमा उपधारा ५ जान जान ‘भोटे ताल्चा’ लाग्ने बताए ।
डा. ज्ञवालीलाई प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सोधे, ‘उपधारा ४ अनुसार प्रधानमन्त्रीले विश्वासको मत नपाएमा वा नियुक्त हुन नसकेमा भन्ने शब्दले उपधारा ५ को विकल्प अन्तिम हुन सक्छ र ?’
आत्मसमर्पणको सिद्धान्त अनुसार केपी शर्मा ओलीले हात उठाएको हुनाले उपधारा (५) मा जाने उनको बाटोमा ताल्चा लागिसकेको ज्ञवालीको जिकिर छ । सांसदहरुको हस्ताक्षर लिएर जाने सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नु राष्ट्रपतिका लागि संविधानले बाध्यकारी व्यवस्था गरेको ज्ञवालीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण