शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

कैलालीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

आइतबार, १३ असार २०७८, २३ : ०६
आइतबार, १३ असार २०७८

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । गौरीगङ्गा नगरपालिका– ३ कुचैनीमा पूर्वबाट पश्चिमतर्फ गइरहेको से २ प ६४६७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा धनगढी उपमहानगरपालिका–१७ धुर्जना शिविरका २८ वर्षीय मोटरसाइकल चालक सीताराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरुका अनुसार चौधरी सवार मोटरसाइकल आफैंँ अनियन्त्रित भई सडक छेउमै रहेको विद्युत्को पोलमा ठोक्किन जाँदा दुर्घटना भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप