कर्णालीमा थप १०५ जनाले जिते कोरोना
मङ्गलबार, १५ असार २०७८, १९ : २१
कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण निरन्तर ओरालो लागेको हो । मंगलबार कर्णालीमा थप १०५ जनाले कोरोना भाइरसको संक्रमणलाई जितेको छन् । योसँगै प्रदेशमा सक्रिय संक्रमितको संख्या १ हजार १०७ मा झरेको छ ।
यस्तै मंगलबार थप ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ६० जनामा गरिएको आरटी–पीसिआर विधिको परीक्षणमा २२ र २०२ जनामा गरिएको एन्टिजेन विधिको परीक्षणबाट ४९ जनामा कोरोना पुष्टि भएको हो ।
स्वास्थ्य सेवा निर्देशनालयका अनुसार आज १ जनाको मृत्यु भएको छ । योसँगै प्रदेशमा मृतकको संख्या ३२७ जना पुगेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण