प्रधानमन्त्री दाबीको ‘आधार’बारे निर्णय लिने अधिकार राष्ट्रपतिलाई छ : सहन्यायाधिवक्ता रेग्मी
सहन्यायाधिवक्ता सञ्जिवराज रेग्मीले धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दुईवटा दावी परेपछि राष्ट्रपतिले नै जजमेन्ट गर्न पाउनुपर्ने जिकिर गरेका छन् । ’त्यो उहाँको अधिकार हो,’ विघटन मुद्दामा बहस गर्दै संवैधानिक इजलासमा रेग्मीले भने, ‘राष्ट्रपतिले गरेको निर्णयमा न्यायिक पुनरावलोकन पनि हुन सक्दैन ।’
‘प्रधानमन्त्रीले संसदमा गएर विश्वासको मत लिन सक्ने आधार के त ?,’ रेग्मीले भने, ‘सिंगल सांसदले दावी गर्नुभयो तर, दल र संसदहरूको हस्ताक्षर छैन भने के गर्ने ?’
एकजना सांसदले दलको समर्थन बिना प्रधानमन्त्रीमा दावी गरेमा विश्वासको मत पाउनेबारे राष्ट्रपतिले ‘कसरी विश्वास गर्ने’ भनेर रेग्मीले इजलासमा प्रश्न गरेका छन् । धारा ७६ (५) मा राष्ट्रपतिले आफ्नो अधिकार प्रयोग गर्न सक्ने उनको दाबी छ । सो उपधारा अनुसार प्रधानमन्त्री नियुक्त गर्नुअघि राष्ट्रपतिले कसैसँग परामर्श लिनु नपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को उद्घाटन खेलमै ‘रातो कार्ड’ को कीर्तिमान
-
तनहुँमा भजन संस्कृति संरक्षणको पहल
-
पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन
-
उद्घाटन खेलमा आयोजक मेक्सिकोकाे सुखद सुरुवात
-
फिफा विश्वकप २०२६ : उद्घाटन खेलमा आयोजक मेक्सिकोकाे सुखद सुरुवात
-
दक्षिण अफ्रिकालाई थप संकट, थेम्बा ज्वानले पाए टोलीको दोस्रो रातो कार्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
