राष्ट्रियसभामा काँग्रेसले उठायो प्रधानमन्त्री र राष्ट्रपतिको भूमिकामा प्रश्न
नेपाली काँग्रेसले राष्ट्रियसभामा राष्ट्रपति र प्रधानमन्त्रीको भूमिकाप्रति प्रश्न उठाएको छ । आजदेखि सुरु भएको राष्ट्रिय सभाको बर्षे अधिवेशनको पहिलो बैठकमा बोल्दै काँग्रेसका सांसद राधेश्याम अधिकारीले प्रतिनिधिसभा विघटन र राष्ट्रपतिको भूमिका प्रति प्रश्न उठाएका हुन् । उनले राष्ट्रपतिजस्तो गौरवको संस्था केवल प्रधानमन्त्रीले जे भन्यो त्यही गर्नेमा सिमित भएको टिप्पणी गरे ।
कोरोना संकटले मुलुक ग्रस्त भएका बेला प्रधानमन्त्रीले दुई पटक संसद विघटन गर्नु औचित्यपूर्ण नभएको बताए । उनले भने– ‘एकातिर लकडाउन गर्ने र अर्कोतिर प्रतिनिधिसभाको २ पटक विघटन गर्ने विडम्बनापूर्ण काम भएको छ । प्रधानमन्त्रीले अहिले चुनावको घोषणा गरेपनि परिस्थिति ठीक छैन । सर्वोच्चले राजनीतिक विषयको मुद्दा हेर्न नहुने सत्ता पक्षको सांसदले भन्नुभयो । हिजो पनि सर्वोच्चले हेरेको थियो र भोलि पनि हेर्नेछ ।’
उनले सरकारले ४५ लाखभन्दा बढी खोप उपलब्ध गराउन नसकेको बताउँदै त्यो खोप २० लाख जनसंख्याका लागि मात्र ठीक भएको बताए । ७ दशमलव ५ प्रतिशतले जनताले मात्र खोप लगाउन पाएको भन्दै उनले १० लाख खोप मात्र खरिद गरेको उल्लेख गरे ।
उनले भने– ‘सरकारले खोप ल्याउने भनेर प्रचार गरेपनि खोप ल्याउन नसकेको तितो यथार्थ हो । छिमेकीसँग कुटनीतिक सम्बन्ध कस्तो छ उदाङ्गो भएको छ । सरकार कुटनीतिक मामिलामा असफल भएको छ ।’ कोभिडको असर सामाजिक आर्थिक क्षेत्रमा परेका बेला ४ पटक स्वास्थ्यमन्त्री फेर्नु सरकारको असफलता भएको बताए ।
सांसद अधिकारीले किसानले मल नपाएर अहिले पनि मलको हाहाकार परेको बताए । यस्तै विद्यालय शिक्षामा समस्या, अक्सिजन अभावमा नागरिकहरुले मृत्युवरण भइरहेको प्रति सरकारले मतलब नगरेको आरोप लगाए ।
आफ्ना सहकर्मीलाई समेत समेट्न नसक्ने प्रधानमन्त्रीले प्रतिपक्षलाई पनि मिलाएर लैजान सक्नेमा विश्वास नभएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
-
रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ : माधव नेपाल
-
भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान
-
एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
स्वास्थ्य मन्त्रालयका सचिव डिल्लीराम शर्माको सरुवा
-
एन्थ्रोपिकका सह–संस्थापकको चेतावनीः एआईलाई ‘ब्रेक पेडल’ चाहिन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण